ad ad

राजनीति


एउटै सार्वजनिक कार्यक्रममा देखिए केपी ओली र भीम रावल

एउटै सार्वजनिक कार्यक्रममा देखिए केपी ओली र भीम रावल

नेपालखबर
भदौ ४, २०८० सोमबार १८:५०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखा परेका छन्। चितवनमा भएको दशौं महाधिवेशनपछि उनीहरूबीच दुरी बढेको थियो। 

लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध अन्त्य गर्दै ओली र रावलबीच गत साउन ३० गते भेटवार्ता भएको थियो। 

त्यसपछि सोमबार (आज) काठमाडौंको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा उनीहरू एउटै सभामा देखिएका हुन्।

१०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा रावलले चुनौती दिएका थिए।

आफूसँग अध्यक्ष लडेपछि रुष्ट बनेका ओलीले गत मंसिरमा भएको निर्वाचनमा टिकटसमेत दिएका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .