ad ad

राजनीति


एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो : ओली

एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो : ओली

नेपालखबर
भदौ ४, २०८० सोमबार १८:३४, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गरेका हुन्।

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाइबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो।

सांस्कृतिक समाज, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताए।

उनले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताए।

दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तिब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढने बताए। उनले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताए।

उनले भने, ‘सुदूरपश्चिम एउटा इतिहास बोकेको ठाउँ हो। संस्कृति बोकेको ठाउँ हो। कला बोकेको ठाउँ हो। राजनीतिक जागरणको हिसावले अन्यत्र कहीँ भन्दा दशरथ चन्दका हजुरबुबाहरु जंगबहादुर राणाले १९०३ मा कोतपर्वबाट कब्जा गरेपछि नै दशरथ चन्दका हजुरबुबाहरुले नै विद्रोहको आगो सल्काउनु भएको थियो। त्यसैबेला। राणा शासनको विरोध गर्दै केही निर्वासनमा जानु भएको थियो। पहिलो सहिदको हिसावमा सुदूरपश्चिम, राजनीतिक जागरणको हिसावमा पहिलो सुदूरपश्चिम। अहिले पनि त्यहाँको देउडा गीत। हर नेपालीको गीत हो।’

कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .