ad ad

राजनीति


संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

संसद् बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी : शेखर कोइराला

नेपालखबर
भदौ ३, २०८० आइतबार १७:२६, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले संसद तत्काल सुचारु गराउनका लागि संयोजनकारी भुमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गरे। 

‘संसद छिटो भन्दा छिटो चल्नुपर्छ। अब पर्सि बैठक बोलाइएको छ। हेरौँ, के गर्नुहुन्छ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन। यो नेशनको कुरा हो। देशको कुरा हो। राष्ट्रको कुरा हो। संसद चल्नुपर्छ,’ उनले भने, ‘म एउटा सांसद हो नेपाली कांग्रेसको। हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ। उहाँहरुले कोअर्डिनेट गर्ने कुरा हो। सरकारले कोअर्डिनेट गर्ने कुरा हो।’

देश र जनताको कुरा भएकाले संसद बैठक छिटो भन्दा छिटो सुचारु गरानुपर्ने नेता कोइरालाको भनाई थियो।

उनले संसदीय व्यवस्थामा प्रतिपक्षले सरकारलाई गाली गर्ने र सरकारले प्रतिपक्षले काम गर्न दिएन भन्ने कुरा स्वभाविक भएपनि संसद बैठक भने सुचारु गराउनुपर्ने बताए।

‘हामीहरू त आउँछौं। यी यस्तै भइराखेको छ। संसद चलाउनुप¥यो। प्रतिपक्षले यो दुनियाँको नियम हो। संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने,’ नेता कोइरालाले भने, ‘अनि, सत्तापक्षले पनि भन्ने–प्रतिपक्षले गर्न दिएन भनेर। चल्न दिएन भन्ने। तर म के भन्दैछु भने–हामी दुइटै दोषी हौं भन्दैछु। यो सरकारले गर्ने काम हो। प्रतिपक्षले गर्ने काम हो। यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि।’

नेता कोइरालाले सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा 
 राजनीतिक दलहरुले अडान लिन नहुने दोहो¥याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .