ad ad

राजनीति


सरकारबारे सुनिल शर्माको भनाइ रेकर्डबाट हटाउन मानेन एमाले

सरकारबारे सुनिल शर्माको भनाइ रेकर्डबाट हटाउन मानेन एमाले

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १३:१, काठमाडौँ

आफूलाई पक्राउ गरेर २४ घण्टासम्म हिरासतमा राखिएपछि गत साउन २९ गते बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अहिलेको सरकारलाई आतंककारीको संज्ञा दिएका थिए। 

उनको उक्त भनाइलाई लिएर तत्कालैन नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको थियो। 

शर्माको त्यही भनाइ आइतबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख सचेतहरुको बैठकको एजेन्डा पनि बनेको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आतंककारीको संज्ञा दिएपछि शर्मा पछिल्लो समय माओवादी सांसदहरु र कार्यकर्ताको निशानामा परिरहेका छन्।

आइतबारको बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले शर्माको उक्त भनाइ आपत्तिजनक रहेका संसद्‍को रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका थिए।

तर बैठकमा सहभागी एमाले प्रमुख सचेतक पदम गिरीले शर्माले बोलेको विषय कुनै आपत्तिको नभएको जनाउँदै हटाउन नहुने उल्लेख गरेका कांग्रेस सचेतक सुशीला थिङले बताइन्।

के भनेका थिए शर्माले? 
उक्त बैठकमा शर्माले प्रचण्ड नेतृत्वको सरकारको नेतृत्व आतंककारीले या डेमेक्र्याट कसले गरेको भन्दै सोधेका थिए। यो सरकारले आतंककारीहरुको कि डेमेक्रेटको नेतृत्व गर्नु हुन्छ? भनेर शर्माले सोधेको कुरा आपत्तिजनक नरहेको एमालेको निष्कर्ष थियो।

‘म निर्दोष मान्छेलाई थुनियो। यो आतंककारी सरकारले हिरासतमा राखेकोमा सबै सांसदहरुले आवाज बुलन्द गरिदिनु भएको छ’, उनले भनेका थिए, ‘मलाई पक्राउ पुर्जीसमेत नदिई गिरफ्तार गरियो। गृहमन्त्री आतंकारकारीका नाइके जस्ता भए।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .