ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा गएनन् ‌ओली

फाइल तस्बिर


नेपालखबर
भदौ ३, २०८० आइतबार १३:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै राष्ट्रिय दलका प्रतिनिधिहरु पुगेका छन्।

तर गत साउन १० गतेदेखि अवरुद्ध संसद् खुलाउन डाकिएको बैठकमा आफू नगएर ‌ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई पठाएका हुन्। 

यो बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले दलका उपनेता नेम्वाङ र पमुख सचेतक गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपप्रधान तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी छन्।

गत साउन १० गतेदेखिको संसद्‍को अवरोध खुलाउन यसअघि आइतबार नै सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलहरूबीच छलफल गरेका थिए।

छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बैठकमा लामो कुराकानी भए पनि कुनै निकास निस्किने वातावरण नबनेको बताए। 

साउन ३ गते बरामद भएको साढे ६० केजी सुन प्रकरणलाई लिएर उच्चस्तरीय समिति मागसहित एमालेले संसद्‍मा अवरोध गरिरहेको छ।

अवरोधबीच आइतबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच छलफल भएको हो। 

एमालेले उच्चस्तरीय समिति माग्दै गर्दा सत्तारुढ दलहरु भने त्यसमा सहमत भएका छैनन्। उनीहरुले हाल सक्रिय सरकारी निकाय नै सुन प्रकरण अनुसन्धानमा सक्षम रहेको बताइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .