ad ad

राजनीति


सुनिल शर्माले सरकारलाई ‘आतंककारी’ भनेपछि माओवादीको आपत्ति, रेकर्डबाट हटाउन माग

सुनिल शर्माले सरकारलाई ‘आतंककारी’ भनेपछि माओवादीको आपत्ति, रेकर्डबाट हटाउन माग

नेपालखबर
साउन २९, २०८० सोमबार १५:२५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसद् बैठकमा बोलेको शब्दप्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ।

सोमबार बसेको संसद् बैठकमा बोल्दै सांसद शर्माले शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आतंककारीको संज्ञा दिएका थिए। 

‘म निर्दोष मान्छेलाई यो आतंककारी सरकारले हिरासतमा राखेकोमा सबै सांसदहरुले आवाज बुलन्द गरिदिनु भएको छ’, उनले भने, ‘मलाई पक्राउ पुर्जीसमेत नदिई गिरफ्तार गरियो। गृहमन्त्री आतंकारकारीका नाइके जस्ता भए।’

उक्त शब्दप्रति आपत्ति जनाउँदै माओवादी सांसद हितराज पाण्डेले आपत्ति जनाएका हुन्। साथै, उक्त, शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माग उनले राखेका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गतेसम्मलाई बैठक स्थगित गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .