ad ad

राजनीति


रेशम चौधरीलाई आममाफी दिनु गलत थियो भन्ने सर्वोच्चको फैसलाबाट पुष्टि : जनमोर्चा

रेशम चौधरीलाई आममाफी दिनु गलत थियो भन्ने सर्वोच्चको फैसलाबाट पुष्टि : जनमोर्चा

फाइल फोटो


नेपालखबर
भदौ १, २०८० शुक्रबार १९:११, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय गलत थियो भन्ने कुरा पुष्टि भएको बताएको छ।

अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक वक्तव्य जारी गरी टीकापुर हत्याकाण्डका सम्बन्धमा सर्वोच्च अदालतले साउन ३२ गते दिएको फैसलाको पूर्ण पाठले आममाफी गलत थियो भन्ने पुष्टी गरेको बताएका छन्।

साथै उनले सो फैसलाको स्वागत पनि गरेका छन्।

‘टीकापुर हत्याकाण्डको सिलसिलामा जारी फैसलाले विभत्स हत्यामा संलग्न व्यक्तिलाई आममाफी दिने कुरालाई गलत बताएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीति गर्नेले कुनै अपराध गरेमा राजनीतिक उद्देश्यले गरेको भनेर अपराधलाई संरक्षण गर्न वा अपराधको राजनीतिकरण गर्न नहुने भनेर दिएको जोडलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले समर्थन तथा स्वागत गर्दछ।’

सर्वोच्च अदालतले राजनैतिक सौदाबाजीको आधारमा फौजदारी अपराधमा संलग्न व्यक्तिलाई आममाफी दिनु गलत भएको फैसला दिएबाट राजमोको विचार सही भएको वक्तव्यमा दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘टीकापुर हत्याकाण्डका नाइके रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयलाई हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले विरोध गरेको थियो। हाम्रो त्यो विरोध सही थियो भन्ने कुरा सर्वोच्च अदालतको फैसलाले पुष्टि गरेको छ।’

राजमोले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक उद्देश्यले प्रेरित गतिविधि वा कार्य नभएर सभ्य समाजले कल्पनासम्म गर्न नसक्ने नरसंहार भएको बताएको छ। तर सरकारले सत्ता संरक्षणका लागि राजनीतिक सौदाबाजीका आधारमा नै आम माफी दिने निर्णय गरेको आरोप लगाइएको छ।

‘यो फैसलाले आगामी दिनमा सरकारले सत्ता स्वार्थबाट प्रेरित भई जघन्य फौजदारी अपराधमा संलग्नलाई आममाफी दिन सक्ने कुरालाई नियन्त्रण गर्न सके देशमा सुशासन कायम गर्न मद्दत पुग्ने छ’ जनमोर्चाले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .