ad ad

राजनीति


वामदेव भन्छन्- हिमाल मात्रै होइन अब पहाड पनि जोगाऔं

वामदेव भन्छन्- हिमाल मात्रै होइन अब पहाड पनि जोगाऔं

नेपालखबर
भदौ १, २०८० शुक्रबार १९:१३, काठमाडौँ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमाल जोगाऔं भन्ने मात्रै नभइ अब पहाड जोगाऔं भन्नुपर्ने बेला आएको बताएका छन्। 

शुक्रबार राष्ट्रिय सभा अन्तर्गत्को दीगो विकास तथा सुशासन समिति बैठकमा उनले सो कुरा बताएका हुन्।

‘हिमालको गाउँ भनेर भनेको ठिकै हो। पहाड नजोगाउने हो भने हिमाल जोगिँदैन। पहाडलाई उत्खनन् गर्ने, बाढी, पहिरो हिमालबाट शुरु भएपनि नदीनाला हिमालबाट सुरु भएपनि बाढी पहिरो पहाडबाट शसुरु हुन्छ,’ गौतमले भने, ‘हिमाल जोगाऔं मात्रै नभनेर अब पहाड जोगाऔं भन्नुपर्छ की भन्ने मलाई लागेको छ। किन भने हिमालले जति क्षती पुर्‍याएको छ, पहाडले पनि क्षती पुर्‍याएको छ। यस्ता वातावरण सम्बन्धी सम्मेलन युएईमा गर्ने रे।’

गौतमले हिमाल, पहाड जोगाउन अमेरीका, युरोप, अष्ट्रेलिया, मरुभूमि भएको ठाउँमा नभई नेपालमा नै सम्मेलन गर्नुपर्ने आवश्यकता औंल्याए।

‘जबकी त्यो ९५ प्रतिशत मरुभूमी हो। किन त्यहाँ सम्मेलन गर्ने? नेपालमा किन नगर्ने? हिमाल जागाऔँ भन्ने हो भने हिन्दकुष पर्वतमाला ईरानबाट शुरु भएर बर्मामा गएर अन्त्य हुन्छ,’ उनले भने, ‘त्यसको मध्यभागमा हामी छौँ। हिमालको मध्यभाग हामीसित छ। हिमाल जोगाऔं भन्ने हो भने अमेरीका, युरोप, अष्ट्रेलिया गएर अथवा मरुभूमि भएको ठाउँमा गएर सम्मेलन किन गर्ने?’ 

गौतमले पहाड नजोगाउने हो भने हिमाल नजोगिने बताउँदै उनले हिमालसँगै पहाडले पनि क्षती पुर्‍याएको भन्दै वन जंगलको उचित तरीकाले संरक्षण गर्र्नुपर्ने बताए। 

‘किन हाम्रै देशमा सम्मेलन गराएर संसार भरका मान्छेलार्ई प्रत्यक्ष रुपमा देखाउन, हिमाल के हो? पहाड कसरी जोगिन सक्छ? पहाड कसरी नोक्सान भइरहेको छ। कार्वन उत्सर्जनको मात्रा घटाउनका निम्ति कति ठूलो भुमिका खेलेका छौँ भनेर भन्ने कार्र्य किन गर्दैनौं,’ उनले भने, ‘पर्वत जोगिएन भने हिमाल जोगिँदैन। हिमाल जोगिएन भने दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशलाई ठूलो नोक्सानी हुन्छ। सबैभन्दा नोक्सान नेपाललाई हुन्छ। ५३ प्रतिशत जंगल हाम्रो छ।’

उनले हिमाल जोगाउन नसके सबैभन्दा नोक्सानी नेपाललाई हुने र दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशसमेत प्रभावमा पर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .