ad ad

राजनीति


सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन् : प्रधानमन्त्री प्रचण्ड

सामाजिक सुरक्षाको दायराबाट अब कोही पनि बाहिर हुने छैनन् : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
साउन ३१, २०८० बुधबार १६:८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर नहुने बताएका छन्।

बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले अब कोही पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर नहुने बताएका हुन्।

उनले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरु समेत सामाजिक सुरक्षाको दायरामा आएका उल्लेख गरे। उनले अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि गराइने बताए।

उनले भने, ‘छोटै समयमा झन्डै ३ लाख श्रमिकहरु यसमा आवद्ध हुनु हामी सबैका लागि खुशी र गौरवको कुरा हो। त्यसैले आजको यो शुभारम्भबाट अब नेपालमा सामाजिक सुरक्षाको दायराबाट कोहीपनि बाहिर हुने छैनन् भन्ने सन्देश अवश्य पनि गएको छ। सरकार अन्तर्गत रहेका करारमा रहेका कर्मचारी लगायत सबैलाई पनि आवद्ध गर्नेतिर मेरो प्रतिवद्धता रहेको जानकारी गराउन चाहन्छु।’

उनले थपे, ‘यो योजना अन्र्तगत अनौपचारिक क्षेत्रका झन्डै ४० देखि ५० लाखसम्मका श्रमिकहरु र मजदुरलाई सामाजिक सुरक्षा कार्यक्रममा क्रमशः सहभागि बनाइनेछ।’

प्रधानमन्त्री दाहालले देशमा समाजवाद निर्माण गर्नका लागि पनि सामाजिक सुरक्षाको योजनालाई विशेष प्राथमिकताका साथ अगाडी बढाइएको बताए। उनले अनौपचारिक क्षेत्रको खासगरी कृषि, निर्माण, यातायात र घरेलु श्रमिकको पक्षमा यस अभियानले गुणात्मक फड्को मार्ने बताए।

उनले सामाजिक सुरक्षा कोषको संयन्त्र समाजमा उपेक्षित, उत्पीडित र अन्यायमा परेका श्रमिक लगायतका वर्गको संरक्षणको लागि एउटा महत्वपूर्ण संयन्त्र भएको पनि उल्लेख गरे।

उनले सामाजिक सुरक्षाको कार्यक्रम स्थायी र गुणस्तरीय हुँदै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री दाहालले वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धि स्थापनका लागि अगाडि बढिरहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .