राजनीति


ओलीसँग सामान्य छलफल भयो, फेरि भेटौं भन्नुभएको छ : भीम रावल

ओलीसँग सामान्य छलफल भयो, फेरि भेटौं भन्नुभएको छ : भीम रावल

नेपालखबर
साउन ३०, २०८० मंगलबार १८:५४, काठमाडौँ

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा सामान्य छलफल भएको बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा देश र पार्टीको पछिल्लो स्थितिबारे छलफल भएको उनले बताए। 

‘अहिले देशको स्थिति र पार्टीको स्थितिबारे सामान्य कुराकानी भयो। हाम्रा सोच दृष्टिकोणबारे समान्य छलफल भयो,’ रावलले भने, ‘अब फेरि छलफल गरौं भन्नुभएको छ।’

धेरै लामो समयपछि आफूहरुबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘उहाँ पार्टीको अध्यक्ष देश विदेशको धेरै जानकारी सूचना हुन्छ म पनि अध्ययन गर्ने मान्छे आफ्ना विचारहरुको बारेमा कुराकानी भयो। फेरि छलफल गरौं भन्नेमात्र भयो।’

चितवनमा भएको १०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका रावल त्यसयता च्यासल पुगेका थिएनन्। 

आफूसँग प्रतिस्पर्धा गरेपछि रुष्ट बनेका ओलीले उनलाई एमालेबाट किनारा लाउन खोजेका थिए।

२०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै सक्रिय थिए। 

तर, उनलाई ओलीले कुनै भूमिका दिएका थिएनन्। गृहजिल्ला अछाममा सक्रिय रावल च्यासल पुगेसँगै अब एमालेको जिम्मेवारी पाउने अनुमान गरिएको छ।

ओलीले पछिल्लो समय पार्टी पदाधिकारी र असन्तुष्ट अन्य नेताहरूसँग पनि निरन्तर संवाद गर्दै आएका छन्।

आफ्ना कटु आलोचक रावलसँग ओलीको यो संवादलाई एमालेवृत्तमा सकारात्मक सन्देशको रुपमा चर्चा गर्न थालिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad