ad ad

राजनीति


भुटानी शरणार्थी प्रकरण बीच बाटोमै भेटियो, रोकिएको छैन : प्रधानमन्त्री प्रचण्ड

भुटानी शरणार्थी प्रकरण बीच बाटोमै भेटियो, रोकिएको छैन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:२६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण नरोकिएको दाबी गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै उनले भ्रष्टाचारविरुद्ध कदम चाल्ने तयारी भइरहेको बेलामा  शरणार्थी प्रकरण बीच बाटोमै भेटिएको बताए। 

‘करप्सनविरुद्ध केही कदम चाल्ने तयारी भइरहेको बेला नक्कली भुटानी शरणार्थीको केस बाटोमै भेटियो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो छानबिन राम्रोसँग अगाडि बढेको छ। अब अदालत पुगेको छ, रोकिएको छैन।’

साथै, उनले अर्थतन्त्र जति सुधार हुनुपर्ने हो त्यति नभएको स्वीकार गरे। तर, जनतामा अर्थतन्त्र खराब छ भन्ने धारणा परिवर्तन गर्नेगरी सरकार लागेको दाबी गरे। 

‘अर्थतन्त्रमा जति सुधार हुनुपर्ने भएको छैन। जनतामा बनेको अर्थतन्त्र खराब छ भन्ने प्रस्पेक्सन (धारणा) चेन्ज गर्नेगरी काम गर्ने तयारीमा छन्। पब्लिक प्राइभेट पार्टनरसिपलाई जोड दिएर जानुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .