ad ad

राजनीति


प्रधानमन्त्रीको दिक्दारी : सचिवहरु माइन्युट गर्नै मान्दैनन्, मन्त्रीले पनि नटेर्ने जस्तो भयो

प्रधानमन्त्रीको दिक्दारी : सचिवहरु माइन्युट गर्नै मान्दैनन्, मन्त्रीले पनि नटेर्ने जस्तो भयो

फाइल तस्बिर


नेपालखबर
साउन ३०, २०८० मंगलबार १६:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन १० गतेदेखि भइरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधलाई फेरि संसद् विघटको खतराका रुपमा ब्याख्या गरेका छन्।

मंगलबार सम्पादहरुसँगको टोलीलाई देशको पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा उनले यस्तो बताएका हुन्। 

संसद्‍मा भइरहेको निरन्तरको अवरोधका कारण सरकारका सचिवहरुले समेत नटेर्ने अवस्था आएको उनले गुनासो गरेका छन्। 

सचिवहरुले माइन्युट पनि उठाउन नमानेको प्रसंग झिक्दै उनले मन्त्रीहरुले समेत पछिल्लो समय नमान्ने जस्तो अवस्था आएको सुनाए। 

‘कति दिन त सचिवहरुले नै माइन्युट गर्नै मानेनन, अहिले त मन्त्री नै मान्दैनन् जस्तो भएको छ’, उनले भने, ‘जसले संसद् चल्न दिएका छैनन्। तिनलाई के लाग्ला भने हिजो संसद् विघटन भएको जस्तै दिशातिर राजनीति जान सक्छ। तर हामी त्यतातिर जान दिँदैनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .