ad ad

राजनीति


भ्रष्टाचारविरोधी अभियानबाट विश्राम लिँदैनौं : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरोधी अभियानबाट विश्राम लिँदैनौं : गृहमन्त्री श्रेष्ठ

नेपालखबर
साउन २९, २०८० सोमबार १८:५६, काठमाडौँ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराधविरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन्।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समिक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहिनता, ठगी र अपराध बिरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको बताए। 

‘सुशासनको अभियानमा भ्रष्टाचारविरुद्ध, दण्डहिनता, ठगी अपराधविरुद्धका अभियानहरुलाई विश्राम नलिएकन अगाडि बढाउने पक्षमा छौं। कोही पनि निर्दोष नफसुन् र सारा जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउन सकियोस् तर अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरूले कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएका छौं,’ उनले भने, ‘अहिले मुलुकले हासिल गरेको राजनीतिक परिवर्तनलाई रक्षा गर्नेकुरा राजनीतिक रुपमा लोकतन्त्रको रक्षा गरेका छौं भनेर पुग्दैन भन्नेमा सरकार छ।’

मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिए भ्रष्टाचार, दण्डहिनता, ठगी, अपराधविरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन भन्ने हिसावले काम गरिरहेको पनि बताए। 

मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरूलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको उनले दाबी गरे। 

पुरानै गतिमा काम गरेर नपुग्ने निष्कर्षमा सरकार रहेको पनि बताए। 

मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भएपनि पर्याप्त नभएको उनको भनाइ छ। 

‘सरकारले लोकतान्त्रिक उपलब्धीको माध्यम बनाएर डेलिभरी दिन जनतालाई दिन सकेनौँ। जीवन नै फेरियो भनेर जनतालाई सरकारले अनुभुति बनाउन सकेनौं भने राजनीतिक नाराले मात्रै लोकतन्त्रको रक्षा हुन सक्दैन। सरकारले विकास, समृद्धि र प्रविधिको यात्रालाई गुणात्मक रुपमा फड्कोमा नपुर्‍याई राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्न सकिँदैन भन्ने सरकारको निष्कर्ष छ। सरकार गम्भिरतापूर्वक सुशासन समृद्धि र सामाजिक न्यायको लक्ष्य पूरा गर्न लागि राखेका छौं। गहृमन्त्रालयको काम अझ व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आत्मसमिक्षाको प्रक्रियामा छौं। त्यसलाई सुधारको अभियानका रुपमा अगाडि बढाएका छौं,’ उनले भने।

अर्थतन्त्रका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिने विषयमा सरकार गम्भिर भएर काम गरिरहेको बताए। उनले मुलुकले हासिल गरेको राजनीतिक परिर्वतनलाई रक्षा गर्नेकुरा राजनीतिक रुपमा लोकतन्त्रको रक्षा गरेर मात्रै नपुग्ने विषयमा सरकार जानकार रहेको उनले बताए। 

उनले जनताको जीवन नै फेरियो भन्ने जनतालाई सरकारले अनुभुति दिलाउन नसके राजनीतिक नाराले मात्रै लोकतन्त्रको रक्षा हुन नसक्ने उल्लेख गरे। उनले मुलुकको विकास, समृद्धि र प्रविधिको यात्रालाई गुणात्मक बनाएर राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्ने पक्षमा रहेको लागेको बताए।

उनले सरकार गम्भिरतापूर्वक सुशासन समृद्धि र सामाजिक न्यायको लक्ष्य पूरा गर्न लागि परेको पनि बताए। 

‘पुरानै गतिमा काम गरेर पुग्दैन भन्ने सरकारको निस्कर्ष हो। अहिलेसम्म भएका राजनीतिक परिवर्तन भएपछि समृद्धिको क्षेत्रमा केही भएका छन्, तर त्यो पर्याप्त भएन। यसलाई क्रमभङ्ग गर्नु र्छ र गुणात्मक फड्को मार्ने गरी अगाडि बढ्नुपर्छ भनेर सरकारले काम गरिरहेको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘अर्थतन्त्रका तत्कालिन समस्याको कारण अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको यात्रा लय गर्न सकिन्छ भन्ने कुरा महसुस गरेर काम गरिरहेको छ। सरकारले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिएको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .