ad ad

राजनीति


कांग्रेस सांसद शर्माले संसद्‍मै दिए गठबन्धन सरकारलाई आतंककारीको संज्ञा

गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्ने
कांग्रेस सांसद शर्माले संसद्‍मै दिए गठबन्धन सरकारलाई आतंककारीको संज्ञा

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८० सोमबार १५:१५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आतंककारीको संज्ञा दिएका छन्। 

आफूलाई बिनाकारण, बिनागल्ती पक्राउ गरिएको भन्दै उनले गृहमन्त्री नरायाणकाजी श्रेष्ठको पनि राजीनामा मागेका छन्। 

‘म निर्दोष मान्छेलाई यो आतंककारी सरकारले हिरासतमा राखेकोमा सबै सांसदहरुले आवाज बुलन्द गरिदिनु भएको छ’, उनले भने, ‘बीपी कोइरालाको आत्मालाई सम्मान गर्दै हिरासतमुक्त गरेर मलाई तारेखमा राखिएको छ। मलाई पक्राउ पुर्जीसमेत नदिई गिरफ्तार गरियो। गृहमन्त्री आतंकारकारीका नाइके जस्ता भए।’

आफू सांसद भएकाले अपराधी र चोर जस्तो व्यवहार गरिएको भन्दै सरकारको कदममा आपत्ति जनाए। 

‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पाउनुपर्छ। गृहमन्त्रीले बिनाशर्त राजीनामा गर्नुपर्छ’, उनले भने, ‘गृहमन्त्रीले राजीनामा नदिएसम्म, माफी नमागेसम्म म आमरण अनशन बस्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .