समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं तत्कालीन धरान नगरपालिकाका पूर्वप्रमुख ध्यानबहादुर राईप्रति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले श्रद्धाञ्जली अर्पण गरेका छन्।
‘राईको दुःखद निधनले नेपालको जनमुक्ति आन्दोलनमा गम्भीर क्षति पुगेको’ डा. भट्टराईले बताएका छन्।
राईको ६० वर्षको उमेरमा आज निधन भएको हो। अर्बुद रोगको उपचार गराइरहेका राईको ललितपुरको पाटन अस्पतालमा निधन भएको हो।
अस्पतालको सघन उपचार कक्षमा उपचाररत अवस्थामा पूर्वप्रमुख राईको निधन भएको बचाउ अभियानका संयोजक महेश श्रेष्ठले बताए। प्रमुख राई विगत एक वर्षदेखि अर्बुद रोगको उपचारमा थिए।
भारतको राजधानी नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उनलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो। उनी विसं २०४९ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट प्रमुखमा निवार्चित भएका थिए।

प्रतिक्रिया