समाज


बालेन्द्रको कविता- प्रचण्ड, देउवा र ओली मनपर्छ, गोली, टोली र बोली मन पर्दैन...

बालेन्द्रको कविता- प्रचण्ड, देउवा र ओली मनपर्छ, गोली, टोली र बोली मन पर्दैन...

नेपालखबर
साउन २७, २०८० शनिबार १८:१०, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सामाजिक सञ्जालमा सक्रिय भइरहन्छन्। उनले बेला बेला लेखेका स्टाटसहरूमा धेरैले प्रतिक्रिया जनाउँछन्।

प्रायजसोः पुराना दलका नेताहरूलाई व्यंग्य गर्दै मेयर बालेन्द्रले सञ्जाल तत्ताइरहेका हुन्छन्। सबै नेताहरू चोर हुन्, प्रधानमन्त्रीलाई छुट मिल्दा म अपराधी भएँ जस्ता टिप्पणी उनी सामाजिक सञ्जालमाफर्त नै गरिरहेका हुन्छन्। 

आफ्ना विचार सार्वजनिक गर्ने क्रममा पछिल्लो समय मेयर बालेन्द्रले कविता लेख्ने गरेका छन्। 

र्‍यापर तथा इन्जिनियरसमेत रहेका मेयर बालेन्द्र गीतमार्फत पनि आफ्ना भावना व्यक्त गरिरहेका हुन्छन्। 

आज (शनिबार) पनि उनले शीर्ष राजनीतिक दलका नेताहरूलाई व्यंग्य गर्दै सामाजिक सञ्जालबाट एउटा कविता सेयर गरेका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल मनपर्ने बताउँदै उनले क्रमशः गोली, टोली र बोली मन नपर्ने बताएका छन्। 

यस्तो छ मेयर शाहको कविता– 

मलाई नेता मनपर्दैन,
तिमीलाई नि त मनपर्दैन,
मलाई एउटा मन पर्दैन,
तिमीलाई यी त मनपर्दैन,
तिमीलाई केपी ओली मनपर्छ,
मलाई बोली मन पर्दैन,
तिमीलाई शेर बहादुर मनपर्छ,
मलाई टोली मन पर्दैन,
तिमीलाई प्रचण्ड मनपर्छ,
मलाई गोली मन पर्दैन।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन।
मलाई देश मनपर्छ,
तिमीलाई के मनपर्दैछ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad