ad ad

राजनीति


दुई दिने कार्यक्रम तय गरेर चितवन पुगे प्रधानमन्त्री प्रचण्ड

दुई दिने कार्यक्रम तय गरेर चितवन पुगे प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:२०, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका छन्। शुक्रबार अपरान्ह उनी चितवन पुगेका हुन्। 

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड अबको दुई दिन चितवन बस्नेछन। ‘आइतबार फर्कनेगरी उहाँ चितवन आउनुभएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘केही निर्धारित कार्यक्रमहरूमा सहभागी हुन उहाँ चितवन आइपुग्नुभएका हुन्।’

उनलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल लगायत माओवादी केन्द्रका नेताहरूले विमानस्थलमा स्वागत गरेका छन्। 

चितवन प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला पनि हो। यसअघि चितवन–३ बाट निर्वाचित भएका प्रधानमन्त्री प्रचण्ड यसपटक भने गोरखाबाट निर्वाचन लडेका थिए।

चितवनमा प्रधानमन्त्री प्रचण्डले एकतले घर बनाएका छन्। उनी पछिल्लो समय सोही घरमा पुगेर बस्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .