ad ad

राजनीति


कांग्रेस बैठक : सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप, प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

कांग्रेस बैठक : सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप, प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:९, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसद सुनिल शर्मामाथि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिशोध साँधेको कुरा सांसदहरुले उठाएका छन्। 

संसद् भवन नयाँबानेश्वरमा शुक्रबार दिउँसो बसेको बैठकमा बोलेका १९ जना सांसदमध्ये अधिकांशले शर्मामाथि गृहमन्त्री श्रेष्ठले प्रतिशोध साँधेको बताएका हुन्।

बैठकपछि बोल्दै सांसद श्याम घिमिरेले सांसद शर्माको गिरफ्तारीको विषय गम्भीर रुपमा उठेको बताए। 

‘सामान्य केशमा संसद् चलिरहेको बेला सांसदलाई पक्राउ गर्नु गैरकानुनी काम र गैरसंसदीय अभ्यास पनि हो’, उनले भने,‘सुन तस्करी प्रकरणमा मन्त्रीको राजीनामा मागेकै भरमा सरकारले प्रतिशोध साँधेको कुरा उठेको छ।
यसबारेमा प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने थियो। तर अहिलेसम्म केही कुरा आएको छैन। यसबारे दुवैजनाले संसद् र बाहिर पनि सार्वजनिक रुपमा जवाफ दिनुपर्छ।’

उनले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा यसअघि पनि अप्रेशन क्वाक चलाएर अदालतले सफाइ दिइसकेको बताए। 

‘सांसदलाई संसद् चलिरहेकै बेला गिरफ्तार गर्नुपर्ने कारण किन पर्यो? सुनिल शर्मालाई थुनामा राख्नुपर्ने जरुरी थिएन’, उनले भने, ‘प्रतिशोध साँधियो भन्ने हामी सबैको बुझाइ रह्यो। यसबारेमा गृहमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्छ, सार्वजनिक रुपमा बोल्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .