ad ad

राजनीति


कांग्रेस सचेतक भन्छन् : सुनिल शर्माको गिरफ्तारी अप्रत्यासित र आपत्तिजनक

कांग्रेस सचेतक भन्छन् : सुनिल शर्माको गिरफ्तारी अप्रत्यासित र आपत्तिजनक

फाइल तस्बिर


नेपालखबर
साउन २६, २०८० शुक्रबार १७:२०, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्माको गिरफ्तारी आपत्तिजनक भएको बताएका छन्।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्। 

‘नेपाली कांग्रेसका नेता सुनिल शर्मा पक्राउ अनुचित छ। आज बोल्ने १९ जना सांसदहरुले यो विषय गम्भीर छ भनेर राख्नु भएको छ’, उनले भने, ‘बैठकमा यो कुरालाई गम्भीरतापूर्वक लिइएको छ। यसबारेमा कांग्रेसको धारणा सार्वजनिक गर्ने छौँ।’ 

उनले शर्मा पक्राउको विषयमा गम्भीरतापूर्वक विचार उठेको बताए। ‘शर्मा पक्राउको विषय आपत्तिजनक र अप्रत्यासित छ। यसमा गम्भीरतापूर्वक लिएका छौँ’, उनले भने,  ‘हामी गम्भीरतापूर्वक अध्ययन गर्छौँ। सुनिल शर्माबारे आज १ जनाले कुरा उठाएका छन्। हामी पर्सि पनि बस्ने बैठकबाट यसबारे ठोस निर्णय लिन्छौँ।’

लेखले एमालेद्वार भएकव संसद् अवरुद्धसहित पाँचवटा एजेन्डामा छलफल भएको बताए। 

‘संसद्‍मा अवरोधको विषयलाई एक नम्बर एजेन्डामा राखेर बोलेका छौँ। आज  पाँचवटा निर्णय भएको छ। आज बैठक स्थगित भएको छ पर्सि साढे १२ बजे बस्दैछ’, उनले भने।

लेखकका अनुसार पछिल्लो समय अबिरल वर्षाका कारण देशभर बाढी पहिरो र डुबान आउँदा धेरै मान्छेले ज्यान गुमाउनु परेकाले यसतर्फ सरकारले विशेष राहत कार्यक्रम ल्याउनुपर्ने निर्णय भएको छ।

त्यस्तै देशव्यापी रुपमा लम्पी स्किन फैलिएर हजारौँ चौपाया मरेले किसानलाई क्षतिपूर्ति दिन र उपचारको व्यवस्था गर्न पनि सरकारलाई भन्ने निर्णय भएको लेखकले बताए। 

त्यस्तै देशभर डेंगु फैलिएकाले उपचारको राम्रो व्यवस्था गर्न भनिएको बताए। त्यस्तै आँखाको रोग पनि फैलिएकाले भरपर्दो उपचार व्यवस्था गर्न सरकारलाई भन्ने निर्णय भएको उनले बताए। 

त्यसैगरी तराई मधेशमा बर्षात् नभएकाले रोपाइँ हुन नसकेकोतरर्फ कांग्रेसको ध्यानाकर्षण भएको उनले बताए। भूमिगत जलको सतह घटेकाले यसमा ध्यान दिन सरकारलाई आग्रह गर्ने निर्णय भएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .