प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले नक्कली शैक्षिक प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएकामा आपत्ति प्रकट गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भनेर आवाज उठाइरहेका कांग्रेस सांसद शर्मालाई षड्यन्त्रपूर्वक समातिएको आरोप लगाइन्।
उनले भनिन्, ‘सभामुख महोदयमार्फत म के भन्न चाहन्छु आज नेपाली कांग्रेसको माननीय सुनिल शर्माज्यू, जो सुनकाण्ठको भ्रष्टाचारीलाई पटकपटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भनेर आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसाबबाट समातिएको छ? यो कानुनले पनि मिल्दैन, र, उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ, त्यसको घोर आपत्ति प्रकट गर्दछु।’
Shares
प्रतिक्रिया