ad ad

राजनीति


संसद्‍मा गतिरोधबीच सभामुख र राष्ट्रियसभा अध्यक्षले एकसाथ भेटे राष्ट्रपतिलाई

संसद्‍मा गतिरोधबीच सभामुख र राष्ट्रियसभा अध्यक्षले एकसाथ भेटे राष्ट्रपतिलाई

राष्ट्रपतिको कार्यालयमा भएको भेट। तस्बिर : सभामुखको सचिवालय


नेपालखबर
साउन २६, २०८० शुक्रबार ११:४२, काठमाडौँ

पछिल्लो समय संसद्‍मा गतिरोध बढिरहेका बेला संघीय संसद्‍को नेतृत्वले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिहीबार बिहान १० बजेदेखि आधा घण्टासम्म राष्ट्रपतिसँग छलफल गरेका हुन्। 

उनीहरु दुवैजना राष्ट्रपति पौडेलसँग छलफलका लागि बिहीबार बिहान एकसाथ महाराजगञ्जस्थित शीतल निवासमा एकसाथ पुगेका थिए। 

तीनजनाबीच आधा घण्टासम्म भएको उक्त भेटघाटमा संसदको जारी अवरोधबारे छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहार शेखर अधिकारीले जानकारी दिएका छन्। 

भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सभामुख र राष्ट्रिय सभाका अध्यक्षबाट भएका छलफल र प्रयासबारे जानकारी लिएको अधिकारीले बताए।

उक्त भेटमा सभामुख घिमिरे र  राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट पनि सहयोगको अपेक्षा राखेका थिए।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्‍मा जारी गतिरोधप्रति चासो व्यक्त गरेका थिए। 

सभामुख र राष्ट्रियसभाकासँगको भेटका क्रममा उनले संसद्को गतिरोधप्रति चासो राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र कानुन निर्माणमासमेत बाधा पुग्ने भन्दै गतिरोध हटाउन भइरहेको पहलबारे जिज्ञासा राखेका हुन्। 

राष्ट्रपति पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद‍्‍मा रहेका सबै दललाई विश्वासमा लिएर संसद खुलाउने आवश्यक पहल गर्न सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाको ध्यानाकर्षण गराएका छन्। 

गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणलाई लिएर संसद्‍मा १५ दिनयता गतिरोध जारी छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। तर सत्तारुढ गठबन्धन उच्चस्तरीय समित बनाउन तयार छैन।

१३ दिनपछि बसेको लप्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोली (बुधबार) दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्‍मा नाराबाजी यही मंगलबार बसेको बैठक पनि स्थगित भएको थियो। 

अर्कातिर राष्ट्रिय सभामा पनि एमालेले त्यही माग राखेर अवरोध जारी राखेको छ। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको भूमिकामाथि एमालेले प्रश्न उठाउँदै आएको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .