ad ad

राजनीति


प्रदेश १ को नाम किरात हुन्छ भनेको थिएँ, अझै पहल गर्छु : प्रधानमन्त्री

प्रदेश १ को नाम किरात हुन्छ भनेको थिएँ, अझै पहल गर्छु : प्रधानमन्त्री

आदिवासी जनजाति दिवसका क्रममा बाजा बजाउँदै प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
साउन २४, २०८० बुधबार १७:५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नाम किरात राख्न आफूले अझै कोसिस गर्ने बताएका छन्। 

आफूहरुलाई जनताले पर्याप्त मत नदिँदा किरात नाम कायम हुन नसकेको बताउँदै उनले अब २०८४ को चुनावमा त्यसलाई पूरा गर्ने दाबी गरे। 

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयद्वारा काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवसको मूल समारोहलाई  सम्बोधन गर्दै उनले प्रदेश १ को नाम कोशी राख्न पहल जारी राख्ने बताए। 

‘कोशीका आन्दोलनकारीसँग वार्ता गरेर रचनात्मक निकास निकाल्ने प्रयास हुन्छ’, उनले भने, ‘अहिलेको आन्दोलनबाट पहिचान आयो भने त ठीकै छ तर २०८४ मा टन्नै मत हाल्दिनु भयो भने त्यहीँ पारित हुन्छ।’

उनले आफूले विगतमा १ नम्बर प्रदेशको नाम किरात प्रदेश हुन्छ र म त्यसको पहल गर्छु पनि भनेको स्वीकारे। 

‘कोशी प्रदेश नामाकरण भइसकेपछि चलेको आन्दोलनबारे आदिवासी जनजातिका प्रतिनिधिले भेट्नु भएको थियो’, उनले भने, ‘आन्दोलनका क्रममा साहदात प्राप्त गर्ने पदम लाजेहाङलाई सहिद घोषणा गराउने र क्षतिपूर्तिको निर्णय पनि मेरै पालामा भएको हो।’

उनले आफूलाई पहिचान र आन्दोलनको नेता हुनुका नाताले आदिवासीका पक्षमा निर्णय गर्नुपर्छ भन्ने हेक्का रहेको पनि जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .