ad ad

समाज


पत्रकारविरुद्ध साइबर क्राइमको पक्राउ पूर्जी जारी भएकोमा महासंघको आपत्ति

पत्रकारविरुद्ध साइबर क्राइमको पक्राउ पूर्जी जारी भएकोमा महासंघको आपत्ति

नेपालखबर
साउन २४, २०८० बुधबार १७:९, काठमाडौँ

नेपाल पत्रकार महासंघले कालीगण्डकी बचाउ आन्दोलनका अभियन्ता एवं फोटो पत्रकार आरके अदिप्त गिरीलाई अभिव्यक्ति दिएकै आधारमा साइबर क्राइमको आरोपमा पक्राउ पुर्जी जारी भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।

‘कुनै पनि संस्था वा व्यक्तिलाई प्रश्न सोध्ने तथा खबरदारी गर्ने लोकतान्त्रिक अधिकार हो। तर, त्यसको भाषाशैली सभ्य हुनुपर्छ भन्ने महासंघको मान्यता रहेको छ’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेकोले त्यसको खारेजीको माग गर्दै आइरहेको छ। जुन उद्देश्यले कानुन ल्याइएको हो, त्यही प्रयोजनका लागि मात्र त्यसको प्रयोग गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

अतः पर्वतमा देखिएको समस्यालाई संवाद र विद्यमान अन्य कानुनी प्रक्रियाबाट टुंगोमा पुर्याउन सम्बद्ध पक्षसँग महासंघले आग्रह गरेको छ।

सचिव पवन आचार्यद्वारा जारी विज्ञप्तिमा ‘पत्रकारिताको मूल्यमान्यता, आचारसंहिता र साख बुझेका दुवै पक्षले आफ्नो स्वविवेक प्रयोग गरी छलफल र वार्ताकै माध्यमबाट समस्या सुल्झाउन तथा दुवै पक्षबाट भएका कमीकमजोरी सच्याउन’ आग्रह गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .