ad ad

राजनीति


सरकारले सिनामंगलबाट तस्करलाई लात्ताले प्वाक्क हानेर छाड्यो : रवि लामिछाने

गृहमन्त्रीलाई प्रश्न- समातिएको सुन किन मालिककोमा पुग्न नदिएको?
सरकारले सिनामंगलबाट तस्करलाई लात्ताले प्वाक्क हानेर छाड्यो : रवि लामिछाने

नेपालखबर
साउन २३, २०८० मंगलबार १७:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक क्विन्टल सुन विमानस्थल परिसरबाट बरामद भएपछि त्यहाँबाट सुन मालिककोमा किन पुग्न नदिएको भन्दै प्रश्न गरेको छ। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सभापति लामिछानेले गृहमन्त्रीलाई ब्रेक शु भेटिएको कम्पनीसम्म पुग्न तीन दिन लगाएको भन्दै आपत्ति जनाएका छन्।

‘सरकारले एयरपोर्टमा छाडेपनि सिनामंगलमा अर्को हातले समायो भनेर खुसी हुन त सकिन्छ होला, तर सिनामंगलबाट खुसी भएर लात्तले प्वाक्क हानेर छाडिदियो भनेर भन्न नि सकिन्छ होला नि,’ सांसद समेत रहेका लामिछानेले प्रश्न गर्दै भने, ‘सिनामंगलमा नसमातेको भए मालिककोमा पुग्थ्यो होला नि? दुईवटा हात र अर्को खुट्टा पनि जलाएको हो कि भनेर अर्को खुट्टा हामीले यहाँ ल्याउन खोजेका छौं।’

उनले गृहमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएको पनि बताए। 

‘गृहमन्त्रीलाई हौसला दिन हामी यहाँ आएका छौं। तर केही प्रश्न आएका छन्। ती प्रश्नहरुको जवाफ गृहमन्त्रीबाट नआएपछि त्यो चित्त बुझेन भने हामी भनौंला,’ उनले भने, ‘गृहमन्त्रीज्यूलाई हाम्रो प्रश्न छ, बाटोमा समातिएको सुन मालिककोमा जान किन नदिएको? ब्रेक शू कम्पनीमा खाली बट्टा भेटियो त्यो समय किन दिइयो?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .