ad ad

राजनीति


दलको बैठकमा प्रचण्डको ब्रिफिङ : एमाले बाहिर सुन देखाएर भित्र टीआरसी विधेयक रोक्न खोज्दैछ

दलको बैठकमा प्रचण्डको ब्रिफिङ : एमाले बाहिर सुन देखाएर भित्र टीआरसी विधेयक रोक्न खोज्दैछ

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८० सोमबार १२:५२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्‍मा दोहोरो भूमिका खेलिरहेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा ब्रिफिङका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन्।

एकजना सांसदका अनुसार दाहालले एमालेले संसद्‍मा दोहोरो चरित्र देखाएकाले माओवादीका सांसदहरुको भूमिका सशक्त हुनुपर्ने पनि बताएका छन्। 

‘एमालेले सदन चल्न दिएको छैन’, उनले भने, ‘तर उसले जनतालाई देखाउन बाहिर सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति भनिरहेको छ। तर खासमा भित्रचाहिँ एमाले संक्रमणकालीन न्याय (टीआरसी) को विधेयक रोक्ने योजनामा छ।’ 

दाहालले सहमति भएमा सोमबार नै संसद्‍ सुचारु हुने बताएका छन्। तर यदि सभामुखको कार्यकक्षमा हुने बैठकमा सहमति हुन नसकेमा संसद् अझै दुई चार दिन चल्न नसक्ने पनि ब्रिफिङ दाहालले गरेका थिए।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत चैत ५ गते ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद्‍मा पेश गरेकी थिइन्।

सरकारले दुवै आयोगको २०७१ को ऐनलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याएको थियो। 

द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लंघनका घटना भएको र व्यक्ति बेपत्ता भएका हुनाले छानबिन गर्न जरुरी रहेकाले उक्त विधेयक ल्याएको सरकारको भनाइ थियो। 

विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइएको थियो। सर्वोच्च अदालतको आदेश, कानून र अन्तर्राष्ट्रिय मान्यता अनुसार नै विधेयक ल्याइएको सरकारको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .