नागरिकलाई विदेश घुमाउन ८० हजार निःशुल्क हवाइ टिकट बाँड्दै हङकङ सरकार

दोस्रो चरणका लागि ९,८०० टिकटको बुकिङ खुल्यो
नागरिकलाई विदेश घुमाउन ८० हजार निःशुल्क हवाइ टिकट बाँड्दै हङकङ सरकार

नेपालखबर
साउन २२, २०८० सोमबार १२:५९, हङकङ

हङकङ सरकारको ‘हेलो हङकङ’ अभियानअन्तर्गत निःशुल्क हवाइ टिकटको दोस्रो चरणमा सोमबार बुकिङ खुला भएको छ।

हङकङबासीलाई विदेश यात्रातर्फ प्रोत्साहन गर्ने उद्देश्यले सरकारले यस्तो अभियान चलाएको हो। यो अभियान ‘हेलो हङकङ’को एक हिस्सा हो।

कोभिड–१९ महामारीका कारण तीन वर्षसम्म प्रतिबन्धित रहेको सहरलाई ‘रिबुट’ गर्ने उद्देश्यले बासिन्दालाई विदेश यात्रातर्फ प्रोत्साहन गर्ने प्रयासस्वरुप सरकारले यस्तो अभियान थालेको हो।

अभियान अन्तर्गतका निःशुल्क टिकटहरू यस वर्षको १ सेप्टेम्बरदेखि अर्को वर्षको २४ मार्चसम्म मान्य हुनेछन्। यद्यपि यसबीचमा पर्ने मिड-एटमन फेस्टिभल, क्रिस्टमस तथा लुनार नयाँ वर्ष जस्ता चाडमा यी टिकटले काम गर्दैनन्।

अभियान अन्तर्गत पहिलो प्याकेजमा तीन चरण गरी २५ हजार टिकट निःशुल्क वितरण गर्न गरिनेछ।

गत २४ जुलाईमा पहिलो चरणका लागि खुला गरिएको बुकिङमा पाँच गन्तव्यका लागि ६ हजार ८०० टिकट वितरण गरिएको थियो। जसबाट ओसाका, चोङकिङ, बाली, सापोरो र सांघाइ हङकियाको यात्रा गर्न सकिनेछ।

दोस्रो चरणको ९ हजार ८०० टिकटका लागि आज (सोमबार) बुकिङ खुला गरिएको हो। यस टिकटबाट बैंकक, सान्या, बेइजिङ, हाङझाउ, नागोया, नान्जिङ र सिओल (सउल)को यात्रा गर्न सकिनेछ।

बाँकी ८ हजार ४०० टिकट तेस्रो चरणमा वितरण हुनेछन्। यसको विस्तृत विवरण पछि जानकारी गराइने एयरलाइन्सले जनाएको छ।

दोस्रो चरणका लागि सोमबार बुकिङ खुला गरिँदा ट्राफिकका कारण हङकङ एयरलाइन्सको बुकिङ वेबसाइटमै समस्या आएको गुनासो प्रयोगकर्ताले गरेका छन्। हजारौँ प्रयोगकर्ताले एकैसाथ प्रयास गर्दा यस्तो समस्या आएको हो।

बारम्बार प्रयास गरेर निराश प्रयोगकर्ताले समान त्रुटीका सन्देशको स्क्रिनसट फेसबुकका भित्तामा शेयर गरेका थिए। स्क्रिनसटका साथै ‘कामकाजी समय बर्बाद भएको’ गुनासो उनीहरूको थियो।

एयरलाइन्सले ‘फर्स्ट कम, फर्स्ट सर्भ’को आधारमा टिकट उपलब्ध गराएको जनाएको छ।

‘हेलो हङकङ’ को एक हिस्साको रूपमा रहेको यस अभियानमा कुल ८० हजार निःशुल्क टिकट बाँड्ने सरकारको लक्ष्य छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .