ad ad

राजनीति


संसद्‌‌मा जारी अवरोध हटाउन आज शीर्ष दलका नेतासँग छलफल गर्दै सभामुख

संसद्‌‌मा जारी अवरोध हटाउन आज शीर्ष दलका नेतासँग छलफल गर्दै सभामुख

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८० सोमबार ९:१, काठमाडौँ

संसद्‌‌मा जारी अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले आज (सोमबार) शीर्ष दलका नेताहरूसँग छलफल गर्दै छन्। 

आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम राखिएको सभामुख घिमिरको निजी सचिवालयले जानकारी दिएको छ।

यसअघि आइतबार सभामुख घिमिरेले सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गरेका थिए। तर सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्ना अडान नछाडेपछि सहमति हुन सकेन। यसैकारण आज मध्याह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक बस्ने तय गरिएको सभामुखको सचिवालयले जनाएको छ। 

सुन प्रकरण अनुसन्धानका लागि प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने बताइरहेको छ भने सत्तापक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्णयअनुसार नै भ्रष्टाचार अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने अडान लिइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .