ad ad

राजनीति


नेतृत्वमाथि एकीकृत समाजवादीका नेताहरू असन्तुष्ट, संसदमा भूमिका नखेलेको आरोप

नेतृत्वमाथि एकीकृत समाजवादीका नेताहरू असन्तुष्ट, संसदमा भूमिका नखेलेको आरोप

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८० आइतबार १४:५९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी समिति बैठकमा बोल्ने नेताहरूले संसदको गरिमा कायम हुने गरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टी व्यक्त गरेका हुन।

‘संसदलाई संसद जस्तो गरिमामय बनाउने हिसाबले विषयबस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्‍यो त? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन,’ उनले भने, ‘त्यसैले संसदको गतिरोध यो जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर गतिरोध उत्पन्न गरिएको छ। त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन।’

उनीहरूले संसद बैठकनै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए। संसदको भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। 

संसद बैठकनै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरूले राखेको उनले जानकारी दिए। 

‘सदनको एक मिनेटको विजनेश भनेको पनि असाध्य महत्वपूर्ण कुरा हुन्छ। अब त्यो चाँही प्रतिपक्षले जे गरिरहेको छ। त्यो चाँही बठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन,’ उनले भने।

हिजो (शनिबार)बाट सुरु भएको पार्टी स्थायी समिति बैठकमा पार्टीको आसन्न १०औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ। 

एकीकृत समाजवादीले पार्टीको आसन्न १० औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यस अघि पार्टीको सचिवालय बैठक बोलाएको थियो। उपमहासचिव तुलाधरका अनुसार अब भदौ पहिलो साता बस्ने पोलिटब्यूरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .