ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाने

प्रधानमन्त्री प्रचण्ड आगामी असोज पहिलो साता चीन भ्रमणमा जाने

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८० आइतबार १५:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सेप्टेम्बर तेस्रो साता (असोजको सुरुवात) उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। 

प्रधानमन्त्री प्रचण्डको भ्रमणबारेमा परराष्ट्रमन्त्री एनपी साउदले आइतबार जानकारी दिएका हुन्। 

साउदका अनुसार सेप्टेम्बरको तेस्रो/चौथो साता प्रचण्ड चीन भ्रमणमा जाने जानकारी दिए।

प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइनबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भका क्रममा मन्त्री साउदले यसबारे जानकारी दिएका हुन्। 

‘हामी भ्रमणको तयारी अवस्थामा छौँ’, उनले भने, ‘वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने पक्षमा छ।’ 

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी भएको उनले उल्लेख गरे।

मन्त्री साउदले भारत भ्रमणका क्रममा महत्वपूर्ण उपलब्धी हासिल भएको बताए।

उनले अन्तर्राष्ट्रिय सम्बन्ध परस्पर राष्ट्रिय हित र स्वार्थका आधारमा अघि बढाउँदा मुलुक र जनताको हित हुने उल्लेख गरे।

विदेश नीतिका सम्बन्धमा सबै पार्टी र पक्षबीच सहमति हुनुपर्ने पनि उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .