ad ad

राजनीति


भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ : डा. लोहनी

भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री हुनुहुन्छ : डा. लोहनी

नेपालखबर
साउन १९, २०८० शुक्रबार २०:५६, काठमाडौँ

राप्रपाका नेता एवं पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतको समर्थन नहुँदा सरकार टिक्न नसक्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताएका छन्।

शुक्रबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘कतिपय उठाउनुपर्ने कुराहरु हामीले उठाउन गाह्रो मानिरहेका छौं। हाम्रो परनिर्भता एकदमै बढेर गएको छ। त्यसले गर्दाखेरी हामी मानसिक रुपमा कमजोर भइरहेका छौं। कति सरकारहरू आए, तीनीहरूले चामलमा आत्मनिर्भर गराउँछौ भनेरपनि भने तर, अहिले अर्बौं अर्बको चामल नमुगाएर हुँदैन। भारतले चामल रोकिदियो भने भोलि भाउ बड्छ। हाम्रो भण्डार छैन,’ उनले भने।

उनले सरकार भारतसँग सीमा समस्या, डुबान र ईपीजीका विषयमा कुरा उठाउन नचाहेको बताए। 

उनले भारतसँगको परनिर्भता बढ्दै जाँदा सरकार मानसिक रुपमा कमजोर भइरहेको बताए। उनले मुलुकलाई चामलमा समेत आत्मनिर्भर बनाउन नसक्दा समस्या भइरहेको पनि बताए।

‘हामी स्वावलम्वी हुनेतर्फ उन्मुख भएनौं। हामीले आफैँले आफैँलाई कमजोेर बनायौं। हाम्रो सरकार यसरी गयो की भित्र हामी आफू असन्तुलित कता कता त्यो मित्रको समर्थन भएन भने हाम्रो सरकार टिक्दैन भन्ने मनस्थितीले गर्दा हाम्रो लिडरसिपमा हिन मनस्थिति भयो,’ उनले भने।

उनले नेपाल खाद्यन्नमा आत्मनिर्भर हुनेतर्फ उन्मुख नभएको बताउँदै उनले नेपालमा खाद्यन्नको भण्डार नहुँदा मूल्य वृद्धि बढ्ने निश्चित रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .