राजनीति


माओवादी केन्द्रीय समिति बैठक : संगठन विस्तारमा केन्द्रीत हुन दबाब

शुक्रबार ६८ जनाले राखे धारणा
माओवादी केन्द्रीय समिति बैठक : संगठन विस्तारमा केन्द्रीत हुन दबाब

नेपालखबर
साउन १९, २०८० शुक्रबार १९:३४, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टीको संगठन विस्तार अभियानमा केन्द्रीत हुन नेतृत्वलाई दबाब दिएका छन्।

शुक्रबार तेस्रो दिन पनि काठमाडाैंमा जारी पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै नेताहरूले पार्टी संगठन विस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दबाब दिएका हुन्।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरूले पार्टीको संगठन विस्तारमा जोड दिन नेतृत्वलाई सुझाव दिएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले पार्टीको केन्द्रीय कमिटी भद्दा भएको उल्लेख गर्दै त्यसको आकार घटाउनुपर्ने आवश्यक्ता पनि औंल्याएको बताए।

‘केन्द्रीय समितिको आजको तेस्रो दिनको बैठक पनि जारी रह्यो। आज ६८ जना कमरेडहरूले बोल्नुभयो। आज बोल्ने सबै कमरेडहरुले वास्तवमा अध्यक्ष कमरेडको प्रतिवेदनमाथिको छलफलमा नै केन्द्रीत रहनुभयो। त्यसमा विशेष गरेर सबैले अध्यक्ष कमरेडको डकुमेन्टलाई समर्थन गर्नुभयो,’ उनले भने, ‘साथसाथै के पनि भन्नुभयो भने जनतामा जानुपर्छ, संगठन विस्तार गर्नुपर्छ। र, पार्टी विस्तारको अभियानमा लाग्नुपर्छ भन्ने कुरा राख्नु भयो। तेस्रो कुुरा यो पार्टी कमिटी भद्दा भयो। अलि सानो बनाउनुपर्छ। विधान सम्मेलनमा जुन प्रस्ताव छ। त्यो राम्रो छ पनि भन्नुभयो।’

आजको बैठकमा ६८ जना नेताहरूले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad