ad ad

राजनीति


स्वार्थ बोकेर बालुवाटार पुग्नेले नै प्रधानमन्त्रीको सचिवालयको विरोध गरे : सुवोध श्रीपाली

स्वार्थ बोकेर बालुवाटार पुग्नेले नै प्रधानमन्त्रीको सचिवालयको विरोध गरे : सुवोध श्रीपाली

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार १६:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम जारी छ।

बुधबार र बिहीबार दुई दिनमा ७४ जनाले बोलिसकेपछि तेस्रो दिन पनि नेताहरुले आफ्ना कुरा राखिरहेका छन्।

बैठकमा सहभागी नेताहरुले बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको पनि कडा विरोध गरिरहेका छन्।

खासगरी प्रचण्ड पुत्रीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाल निशानामा परिरहेकी छन्। माओवादी केन्द्रीय सदस्यसमेत रहेकी उनले बुवाकै स्वकीय सचिव भएर बस्नु गलत भएको कुरा आइरहेको छ।

तर शुक्रबार बोलेका एकजना केन्द्रीय सदस्य एवम् वाईसीएलका अध्यक्ष सुवोध श्रीपालीले भने प्रधानमन्त्रीको सचिवालयको बचाउ गरेका छन्। 

उनले बैठकमा बोल्ने क्रममा सरुवा-बढुवासहितको स्वार्थ बोकेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउनेहरु नै अहिले विरोधमा उत्रिएको जिकिर गरे। 

‘सरुवा-बढुवा र स्वार्थ लिएर बालुवाटार जानेहरुले नै प्रधानमन्त्री सचिवालयको विरोध गरे’, उनले भने, ‘आफ्नो स्वार्थ पूरा नभएपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको नाम मुछ्ने काम भइरहेको छ।’

जारी बैठकमा जम्मा ३८५ केन्द्रीय सदस्यहरुलाई बोल्न ५/५ मिनेट सयम दिइएको छ। शुक्रबार पनि नेताहरुले आफ्ना राखिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .