ad ad

राजनीति


माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

माओवादी बैठक : प्रचण्डको प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

फाइल तस्बिर


नेपालखबर
साउन १९, २०८० शुक्रबार १०:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको  ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ। 

बिहीबारको बैठकमा एवं उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ जना केन्द्रीय सदस्यले उक्त प्रस्तावमा आआफ्ना धारणा राखे। बैठकमा बोल्न  प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेट समय उपलब्ध गराइएको छ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ। बिहीबारको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले प्रचण्ड नेतृत्वको सरकारले थालनी गरेका सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका कामको समर्थन गर्दै पार्टी रुपान्तरणमा जोड दिएका छन्। 

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही साउन १७ देखि जारी छ। हालसम्म ७४ सदस्यले धारणा राखिसकेका छन्। आजको बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .