ad ad

राजनीति


सुन तस्करीबारे सांसदको मुख थुन्न सरकारले संसद बैठक चल्न दिएन : ओली

सुन तस्करीबारे सांसदको मुख थुन्न सरकारले संसद बैठक चल्न दिएन : ओली

फाइल फोटो


नेपालखबर
साउन १७, २०८० बुधबार १७:४७, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन्।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो। तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई सञ्चालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे।

उनले भने, ‘उहाँहरु संसदमा आवाज उठछ भनेर अस्तीका दिन संसद चल्न दिनुभएन। किनभने सांसद बोल्छन भनेर। हामीले संसद चलाऊ भनेका छौं। सांसदहरु बोल्नु हुन्छ। आवाजहरु उठाउनु हुन्छ। जनताको भनाई भन्नुहुन्छ। सांसदले बोल्न पाउनुपर्यो। सरकार सांसदलाई बोल्न दिँदैन।’

उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए। अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटकपटक दोहोर्याए।

उनले भने, ‘बालुवाटारमा भएको सहमति अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोडिदियो भन्ने हल्ला चलाउँछन्। गृहमन्त्रीले भाषणा गरेपछि चलाउन दिन्छु भनेको थियो। गृहमन्त्रीको भाषण, त्यो पवित्र भाषण, त्यो मन्त्र, उनको त्यो कुरा सुनौं, त्यति भएपछि सुनसुन जेसुकै होस्। सदन चलाउनुस्, गरिखानुस् भनेर आएको थिएँ म? यस्ता कुरा गर्ने?’

अध्यक्ष ओलीले साढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताए। त्यस अवसरमा उनले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने जिकीर पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .