सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने र प्रमुख प्रतिपक्ष उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने हुनाले संसद बन्दी भएको पनि बताए।
सरकार पक्ष र प्रमुख प्रतिपक्षको पेलानमा आफूहरु परिरहेको उनले बताए।
‘सरकार उच्चस्तरीय छानबिन समिति बनाउन नचाहने, प्रमुख प्रीतपक्ष दल उच्चस्तरीय नबनेसम्म संसद चल्न नदिनेमा अडान लिएर बसेका छन्, यसले हाम्रो आवाज सुनिएको छैन। सरकार सरकारी स्तरबाटै छानबिन गर्ने पक्षमा रहेको बुझिन्छ,’ उनले भने, ‘हामीले सुन प्रकरणमा जरासम्म अनुसन्धान गरोस् सरकारले भन्ने हो। सरकार र प्रतिपक्षको द्वन्द्वमा संसद बन्दी भएको छ।’
प्रमुख सचेतक परियारले सरकार र प्रतिपक्षको द्वन्द्वका कारण संसद बन्दी भएको बताए।
33
Shares

प्रतिक्रिया