ad ad

राजनीति


प्रधानमन्त्रीले लिए मुख्यसचिव र सचिवहरूसँग हालसम्मका गतिविधिको जानकारी

प्रधानमन्त्रीले लिए मुख्यसचिव र सचिवहरूसँग हालसम्मका गतिविधिको जानकारी

नेपालखबर
साउन १४, २०८० आइतबार २०:५६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिवसहित सचिवहरूसँग अहिलेसम्मका गतिविधिहरूको जानकारी लिएका छन्। 

मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टले जारी गरेको विज्ञप्ति अनुसार लम्पी स्किन, डंगीजस्ता संक्रामक रोगहरूको तत्काल रोकथाम तथा नियन्त्रणका लागि समन्वय गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। 

त्यस्तै, निर्माण हुन बाँकी कानुनहरू अघि बढाउने, मन्त्रालयले प्रदान गर्ने सेवा प्रवाह, राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमन तथा निरीक्षण लगायतका कामलाई प्रभावकारी रुपमा अघि बढाउन उनले निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .