कला


‘द नेशनल डिजाइनर रनवे’ को उपाधी आईआईएफटी कलेजकी सरु सुवेदीलाई

‘द नेशनल डिजाइनर रनवे’ को उपाधी आईआईएफटी कलेजकी सरु सुवेदीलाई

नेपालखबर
साउन १०, २०८० बुधबार १६:८, काठमाडौँ

उत्कृष्ट डिजाईनर ड्रेससंगै उत्कृष्ट मोडलहरुको महाकुम्भ भनेर चिनिने रनवे ‘द नेशनल डिजाईनर रनवे २०२३’ को ग्रीष्मकालीन संस्करणको शीर्ष उपाधी आईआईएफटी नेपाल कलेजकी सरु सुवेदीले जितेकी छन्।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मोडल सङ्ग्स नेपालको आयोजनामा सम्पन्न ग्रीष्मकालीन संस्करणको उक्त रनवेमा निर्णायक तथा दर्शकहरुको पहिलो रोजाईमा परेको सुवेदीको उत्कृष्ट सिर्जनाले उनलाई विजेताको प्रतिष्ठित उपाधि दिलायो।

प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुले आफ्नो रचनात्मकता र अद्वितीय शिल्प कौशलद्वारा र्‍याम्पमा उत्रिएका मोडलहरूमार्फत दर्शकहरुलाई चकित पारिरहँदा आफ्नो उत्कृष्ट डिजाइनले निर्णायकहरू र सहभागीहरूबाट समान रूपमा प्रशंसा बटुल्दै नमुना कलेजकी रफिना महर्जनले फर्स्ट रनर अप को उपाधी आफ्नो बनाईन्।

देशका प्रतिभाशाली फेशन डिजाइनरहरूले आफ्ना उत्कृष्ट ग्रीष्मकालीन परम्परागत ड्रेसहरुलाई नवीन शैलीमा संयोजन गर्दै नेपाली फेसन पारखीहरुको निम्ति ‘द नेशनल डिजाईनर रनवे’ मा असाधारण दृश्य प्रस्तुत गरेका थिए।

रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा संचालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धिरज तण्डुकार, प्रमिला सिलवाल र सजिना विष्ट त्रिपाठी निर्णायक रहेका थिए।

कार्यक्रमले उदीयमान डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गर्दै आएको छ।

उत्कृष्ट मोडलहरुको उत्साहजनक प्रस्तुतीमा प्रशस्त रचनात्मकताका साथ, ‘द नेशनल डिजाईनर रनवे’ ले नेपालको फेसन परिदृश्यमा चिरकालीन छाप छड्न सफल रहेको आयोजक संस्थाकी अध्यक्ष स्वस्ती दंगालले जनाएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad