ad ad

राजनीति


देउवाले निवासमै बोलाए कांग्रेस पदाधिकारी बैठक

देउवाले निवासमै बोलाए कांग्रेस पदाधिकारी बैठक

फाइल तस्बिर


नेपालखबर
साउन ९, २०८० मंगलबार १२:४५, काठमाडौँ

नेताहरुको विरोधकाबीच सभापति शेरबहादुर देउवाले धुम्बाराहीस्थित आफ्नै निवासमा नेपाली कांग्रेस पदाधिकारीको बैठक बोलाएका छन्।

सभापति देउवाले मंगलबार अपरान्ह ४ बजे धुम्बाराहीमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई बताए।

पौडेलका अनुसार बैठकको एजेन्डामा समसामयिक राजनीति, गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकसहित रहेका छन्।

यसअघि केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति देउवाले पार्टीलाई सानेपामाभन्दा धुम्बाराहीमा केन्द्रित गरेको भन्दै आलोचना गरेका थिए।

नेताहरुको आलोचनाबीच सभापति देउवाले फेरि पदाधिकारी बैठक आफ्नै निवासमा बोलाएका हुन्। यसअघि पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलका पदाधिकारीहरुको बैठक धुम्बाराहीमै राख्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .