ad ad

राजनीति


इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपालबाट चिनियाँ नेताको जुम वार्ता

इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपालबाट चिनियाँ नेताको जुम वार्ता

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १६:५४, काठमाडौँ

दुई दिने इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालको तीन दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच अनलाइन भिडिओ वार्ता भएको छ।

आइतबार काठमाडौं आइपुगेका चिनियाँ उच्चस्तरीय टोली शनिबार इटाली पुगेका प्रचण्डसँग जुममार्फत छलफल भएको हो। 

उक्त छलफल आइतबार अपरान्ह ४ बजेदेखि  आधा घण्टा चलेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालखबरलाई जानकारी दिए।

‘उहाँहरुबीच दुई मुलुकबीचको आपसी सहयोग र सहकार्यका विषयमा छलफल भयो,’ आचार्यले भने, ‘विदेशमै हुँदा नेपाल भ्रमणमा आउनुभएका चिनियाँ  नेताहरुलाई प्रधानमन्त्रीले जुममार्फत नै स्वागत गर्नुभयो।’

चिनियाँ  टोली आइतबार बिहान काठमाडौं उत्रिएपछि राजनीतिक भेटघाटमा छ। 

राष्ट्रपति सी चिनफिङका विश्वासपात्र च्या च्युन प्रचण्डले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणको तयारीका लागि नेपाल आइपुगेको बताइएको छ। प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी छ। 

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबारै अपराह्न भेटवार्ता गर्ने कार्यक्रम थियो।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्दैछन्।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुगेको थियो। उनी श्रीलंकाको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .