ad ad

राजनीति


सी चिनफिङका विश्वासपात्र काठमाडौंमा, राष्ट्रपति, गृहमन्त्री र रक्षामन्त्रीसँग भेट्दै

सी चिनफिङका विश्वासपात्र काठमाडौंमा, राष्ट्रपति, गृहमन्त्री र रक्षामन्त्रीसँग भेट्दै

नेपालखबर
साउन ७, २०८० आइतबार १४:१४, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका छन्।

चिनीयाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र समेत रहेका उनको नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ।

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।

उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुगेको थियो। उनी श्रीलंकाको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .