ad ad

राजनीति


एनपी साउदको प्रस्ताव : क्रियाशील सदस्यता वितरण अब वडाबाटै गरौँ

एनपी साउदको प्रस्ताव : क्रियाशील सदस्यता वितरण अब वडाबाटै गरौँ

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १२:५१, काठमाडौँ

नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीको क्रियाशील सदस्यता वितरणको केन्द्र वडालाई बनाउनु पर्ने बताएका छन्। 

कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्ने क्रममा उनले सदस्यता वितरणको केन्द्र वडालाई बनाउनु पर्ने बताएका हुन्। 

‘सदस्यता वितरणको केन्द्र केन्द्रलाई नबनाइ वडालाई बनाउनुपर्छ। जबसम्म वडा मजबुत हुन्न, जबसम्म गाउँ मजबुत हुन्न, जबसम्म स्थानीय संरचना मजबुत हुन्न तबसम्म हामीले सदस्यता चाङ जति बढाए पनि उपलब्धि हासिल गर्न सक्दैनौँ,’ परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले भने।  

उनले कूल क्रियाशील सदस्यहरुमध्ये २० प्रतिशतले पार्टीको चुनाव चिन्हमा मत नदिने र अन्य २० प्रतिशत सदस्यले आशिंक रुपमा दिने गरेको पनि बताए। साउदले ती ४० प्रतिशत क्रियाशील सदस्यहरुलाई पार्टीलाई भोट दिने बनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।  

‘क्रियाशील सदस्यहरुमध्ये पनि ४० प्रतिशतलाई हामीले पार्टीलाई भोट दिने बनाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .