ad ad

समाज


पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

नेपालखबर
साउन ७, २०८० आइतबार १२:५७, पोखरा

पोखरा- १७ को पावरहाउस नजिकको फुस्रे खोलामा पौडी खेल्ने क्रममा एक किशोरले ज्यान गुमाएका छन्।

शनिबार पोखरा ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवरलाई पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। कुँवर डुबेर बेपत्ता भएपछि उनको खोजी सुरु भएको थियो।

साँझ करिब ८ बजे प्रहरीले उनलाई खोंचमा फेला पारेको छ। सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले उद्धारपछि उनलाई अस्पताल पुर्‍याएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .