पोखरा- १७ को पावरहाउस नजिकको फुस्रे खोलामा पौडी खेल्ने क्रममा एक किशोरले ज्यान गुमाएका छन्।
शनिबार पोखरा ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवरलाई पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। कुँवर डुबेर बेपत्ता भएपछि उनको खोजी सुरु भएको थियो।
साँझ करिब ८ बजे प्रहरीले उनलाई खोंचमा फेला पारेको छ। सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीको टोलीले उद्धारपछि उनलाई अस्पताल पुर्याएको थियो। अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले बताएको छ।
27
Shares

प्रतिक्रिया