ad ad

राजनीति


वामदेवको स्पष्टीकरण- म मन्त्री हुँदा सुनकाण्ड भएन, हटेपछि उब्जियो

वामदेवको स्पष्टीकरण- म मन्त्री हुँदा सुनकाण्ड भएन, हटेपछि उब्जियो

शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गौतम।


नेपालखबर
साउन ६, २०८० शनिबार १५:३४, काठमाडौँ

पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले आफू गृहमन्त्री हुँदा सुनकाण्ड नभएको स्पष्टीकरण दिएका छन्। शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफू मन्त्रीबाट हटेपछि सुनकाण्ड उब्जिएको दाबी गरे। 

‘०५४ सालमा वामदेव गौतम उपप्रधान तथा गृहमन्त्री हुँदादेखि सुनकाण्ड भयो भन्नुभयो। म मन्त्री हुँदासम्म सुनकाण्ड भएन,’ गौतमले स्पष्टीकरण दिँदै भने, ‘म मन्त्रीबाट हटेपछि उब्जियो।’

बरु आफू सरकारमा हुँदा कसरी हटाउने भनेर पार्टीभित्र र बाहिरबाटै आवाज उठेको उनले बताए। 

‘बरु म सरकारमा हुँदा कसरी हटाउने भनेर आफ्नो पार्टीभित्रबाटै र बाहिरबाटै धेरै आवाज उठाइए। अन्तिममा त्यही शक्तिले मलाई सरकारबाट हटाइयो,’ गौतमले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .