ad ad

राजनीति


फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौं : भुसाल

फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौं : भुसाल

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८० शनिबार १५:३९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिस्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छिन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत हुनुपर्ने बेलामा कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा रहेको बताइन्।

उनले अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न नहुने बताइन्। उनले समाजावादी मोर्चा अहिले बनाइसकेको र आगामी दिनमा मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने र बलियो कम्युनिस्ट पार्टी बनाउने पनि बताइन्। 

‘अहिले एउटा बलियो कम्युनिस्ट पार्टी चाहिएको छ। तर बिडम्वना हाम्रो कम्युनिस्ट आन्दोलन फुट, विभाजन र छरिएको स्थितिमा छ,’ भुसालले भनिन्, ‘त्यसलाई एकीकृत, केन्द्रिकृत गर्ने प्रयास भएका थिए, एउटै नेकपा पनि बनायौँ हामीले जनताको जनमत पनि इतिहास कायम गर्नेगरी प्राप्त गरेका थियौँ। तर एकता कामय भइरहन सकेनौँ। हामी अब फेरि बलियो कम्युनिस्ट पार्टी बनाउने कुराबाट पछि हट्न सक्दैनौँ।’

अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरूलाई पनि एउटैमा ल्याउने प्रयास जारी रहने बताइन्।

‘हामीले समाजावादी मोर्चा बनाएका छाैं। मोर्चाको सहकार्यबाट क्रमशः एकतामा पुर्‍याउने हो। अहिले समाजवादी मोर्चामा नआएका भिन्न कम्युनिस्ट पार्टीका छातामा रहेकाहरुलाई पनि एउटैमा ल्याउने हाम्रो प्रयास हो,’ उनले भनिन्।

उपाध्यक्ष भुसालले वैचारिक राजनीतिक वहसले एकीकृत कम्युनिस्ट पार्टी बनाउने भूमिका निभाउने बताइन्। उनले कम्युनिस्टहरू एक ठाउँमा नउभिने भए नयाँ पुँजीवादीहरूको उदय हुने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .