राजनीति


जसपाले फेर्‍यो झण्डा र लोगो

जसपाले फेर्‍यो झण्डा र लोगो

जसपाको नयाँ झण्डा र लोगो।


नेपालखबर
साउन ४, २०८० बिहिबार २१:०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ। केही समयअघिमात्र सम्पन्न विधान अधिवेशनमा सहभागी प्रतिनिधिहरूले झण्डा फेर्नुपर्ने माग गरेका थिए।

सोही मागबमोजिम विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको प्रचार विभागले जनाएको छ।

विधान अधिवेशनमा १० वटा समूह बनाई विधानमा दफावार छलफल गरिएको थियो। जसमध्ये लगभग सबैजसो समूहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए।

यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ।

यसअघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ। जसअनसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad