कारोबार


आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ- पूर्वअर्थमन्त्री पौडेल

आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ- पूर्वअर्थमन्त्री पौडेल

बिहीबार बसेको प्रतिनिधिसभाको अर्थ समितिको बैठक।


नेपालखबर
साउन ४, २०८० बिहिबार २१:९, काठमाडौँ

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए। 

उनले कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताए।

‘अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव हो। त्यसैले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको परीक्षण पछिल्ला आकडाहरूले दिएको छ,’ पौडेलले भने, ‘मौद्रिक नीति ठिक थिएकी थिएनन् भन्ने कुराको मापन गर्ने आधार दिएको छ। आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने पदावलीहरु आइरहेका छन्। कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय होइन।’ 

विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए।

‘विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने हिसावले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्छ,’ पौडेलले समितिको बैठकमा भने, ‘अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा घनिष्ट, हार्दिकता सम्बन्ध होस्।’

उनले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने पनि बताए। अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको उनले बताए।

उनले  अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताए। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने पनि बताए। 

‘दुई संस्थाबीचमा राम्रो सम्बन्ध छ भन्ने बाहिर सन्देश गएन भने मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौती सिर्जना हुन्छ। त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु। अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा हार्दिक र घनिष्ट र कामकाजी सम्बन्ध होस्। अर्थमन्त्रालय र राष्ट्र बैंककाबीच अन्तरबिरोध र असमझदारी छ भन्ने समाजमा सम्प्रेसन नहोस्।यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्छ।’

दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौती सिर्जना गर्ने पौडेलको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad