ad ad

राजनीति


बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (तस्बिरहरू)

बालुवाटारमा सीता दाहालको श्रद्धाञ्जली सभा (तस्बिरहरू)

सरोज बैजु
साउन २, २०८० मंगलबार १२:५०, काठमाडौँ

बालुवाटारमा आज प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको श्रद्धाञ्जली सभा गरिएको छ।

सीताको निधन भएको सातौँ दिनमा प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। 

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष,पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिज्ञका साथै समाजका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका थिए।

श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु पनि शान्त रोजेको बताए। 

उनले भने, ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन्। साढे ७ बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन्।’

सीता दाहालको उपचारका क्रममा गत असार २७ गते नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .