राजनीति


रास्वपाको उदयपछि विदेश जाने संख्या झनै बढ्यो : शंकर पोखरेल

रास्वपाको उदयपछि विदेश जाने संख्या झनै बढ्यो : शंकर पोखरेल

फाइल तस्बिर


नेपालखबर
साउन २, २०८० मंगलबार १२:५३, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय दलका रूपमा उदाएपछि विदेश जाने दर ह्वात्तै बढेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो बताएका हुन्। तर उनले नाम भने खुलाएका छैनन्।

देश गएकाहरूलाई देश फर्काउँछौँ भन्नेहरूलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिएको तर उनीहरू राष्ट्रिय दलका रूपमा उदाएपछि विदेशिने संख्या झनै बढेको उनको भनाइ छ।

रास्वपाका सभापति लामिछानेले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको पूर्वसंघारमा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान चाल्ने लोकप्रिय भाषण गरेका थिए। मंसिर १ गते चितवनमा आयोजित सभामा उनले भनेका थिए, 'मेरो स्किम सुन्नुहोला, हामीले सय दिनभित्र कम्तीमा पनि सय जना युवालाई यो देशमा रोजगारी दिन विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्नेछौँ।' तर निर्वाचित भएर गृहमन्त्री नियुक्त भएपछि माघ २२ गते उनले स्वदेश फर्काउने अभियान चाल्नै नपर्ने भनेका थिए।

'नेपाल फर्काउने अभियान चाल्ने भन्छन्। नेपाल फर्काउने अभियान चलाउनै पर्दैन। टिकट काट्ने आउने, केको अभियान? एयर टिकट बन्द भएको छ र?' उनले भनेका थिए।

भिडिओ

महासचिव पोखरेलले त्यही लोकप्रिय भाषणका कारण नयाँ दल राष्ट्रिय पार्टीका रुपमा उदाएको तर उनीहरूको उदयपछि विदेशिनेको संख्या झनै बढेको आरोप लगाए। एमाले सरकारमा हुँदा विदेश जानेको संख्या घटेको दावी पनि उनले गरे।

'तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो। विदेशमा गएकाहरुलाई देश फर्काउँछौ भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकप्रिय मत दिए। तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशिनेको संख्या झनै बढ्यो, उनले भनेका छन्।

नयाँ र पुरानाको पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठीक छुट्याउनुपर्ने उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .