राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अब अनलाइनबाटै साधारण र सक्रिय सदस्यता लिन सकिने व्यवस्था मिलाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एक पत्रकार सम्मेलन गर्दै अध्यक्ष लिङ्देनले सदस्यतासँगै आर्थिक सहयोग पनि विद्युतीय माध्यम (अनलाइन)बाटै गर्न सकिने जानकारी दिए।
त्यस्तै, अबको एक वर्षभित्रमा सक्रिय सदस्यको संख्या दुई लाख पुर्याइने पनि उनले बताएका छन्। ‘राप्रपाः अब नवीन राप्रपा कार्ययोजना २०८०’ अन्तर्गत जनताका घरदैलोमा राप्रपाका मूलभूत बुँदाहरू सार्वजनिक गर्दै उनले पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिने पनि बताए।
त्यस्तै, राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनतासमक्ष पुर्याउने पनि राप्रपाले कार्यक्रम तय गरेको छ।
पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने पनि लिङ्देनले बताए।


Shares

प्रतिक्रिया