ad ad

राजनीति


गृहमन्त्री श्रेष्ठले भने : सरकारको सुशासन अभियान रोकिँदैन, अझै अघि बढ्छ

गृहमन्त्री श्रेष्ठले भने : सरकारको सुशासन अभियान रोकिँदैन, अझै अघि बढ्छ

फाइल तस्बिर


नेपालखबर
असार २८, २०८० बिहिबार १६:४६, काठमाडौँ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताएका छन्। 

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि
बढाइरहेको बताए। 

उनले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने बताएका हुन्। 

निर्दोष नफसुन् र दोषी नछुटुन् भन्ने मान्यता अख्तियार गरिएको बताउँदै मन्त्री श्रेष्ठले धनी र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुँदैन भन्ने कुरामा ध्यानाकर्षण गराए।

‘सरकार प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाउन, टुंगोमा पुर्‍याउन दृढ छ। सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर हामी अगाडि बढाइराखेका छौँ। सुशासनको सन्दर्भमा सम्पूर्ण देश र माननीयज्युहरुले समर्थन व्यक्त गर्नुभएको छ, त्यसको म उच्च मूल्यांकन गर्न चाहान्छु। यो अभियानले विश्राम लिने छैन। समृद्धिको लक्ष्य हासिल गर्न सुशासन पूर्वसर्त भएको कुरालाई आत्मसात गरेका छौँ’, उनले भने, ‘हामी अझै पनि अगाडि बढ्छौँ। निर्दोष नफसुन् र दोषी, अपराधी नछुटुन् भन्ने मान्यता अख्तियार गरेका छौँ।’

उनले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाएर टुंगोमा पुर्‍याउन सरकार दृढ रहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .